free website hit counter

बीमक संघद्वारा नियामकसँगको बैठक बहिस्कार

beemaadmin
२०७९ असार १, बुधबार

काठमाडौं । नियामक निकाय बीमा समितिसहितको सरोकारवाला पक्षको बैठक नेपाल बीमक संघले बहिस्कार गरेको छ । बैठकमा उठेका मुद्दाहरूको सवाल जवाफ चल्दैगर्दा सरोकारवाला पक्षबाटै अमर्यादित र तल्लो स्तरको भाषा शैलि प्रयोग गरी गालिगलौजमा उत्रिएको भन्दै संघले बैठक बीचमै बहिस्कार गरेको हो ।
एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सोबारे स्पष्ट पारेको छ । विगत ५ पाँच वर्षदेखि हाइड्रो तथा ईन्जिनियरिङ्ग बीमामा अत्यधिक क्षती भएको कारण राम्रा स्तरका पूनर्बीमा कम्पनीहरुले नेपालको व्यवसाय गर्न छाड्न थालेको अवस्थाले बीमा क्षेत्र नै तहसनहस हुनसक्ने अवस्थालाई मध्यनजर गरी नियामक निकाय बीमा समितिले उपरोक्त व्यवसायहरूमा न्यूनतम दररेट जारी गरेको हो ।

सम्बन्धित समाचार