free website hit counter

बीमाको दायरामा ५० प्रतिशत नजिक, वार्षिक सात प्रतिशतले बढ्दै

beemaadmin
२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं । बीमा गरेर जोखिम हस्तान्तरण गर्न सकिन्छ भन्ने चेतना नियामक निकाय र बीमकहरुको सक्रियताले बढ्दै गएको छ । एक वर्षको अवधिमा जीवन बीमाको दायरामा समेटिएको जनसंख्याको प्रतिशत ४९.१९ प्रतिशतमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा बीमाको दायरामा आउने जनसंख्या ७ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा बीमाको दायरामा समेटिएको जनसंख्या ४२.९२ प्रतिशत थियो । भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या २७।२२ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार गत आवको भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या ४९ लाख ३१ हजार ३१९ थियो । चालु आवको भदौसम्मममा सो संख्या बढेर ७५ लाख ४५ हजार ९३३ पुगेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेखको संख्या २०.२७ प्रतिशतले बढेर २५ लाख ९२ हजार ५५ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या २१ लाख ५५ हजार रहेको थियो । तथ्यांकअनुसार कुल सक्रिय जीवन बीमालेखको संख्या १५.६२ प्रतिशतले बढेर एक करोड ५९ लाख ३६ हजार पुगेको छ । गत आवको सोही अवधिमा कुल सक्रिय जीवन बीमालखेको संख्या एक करोड ३७ लाख ८४ हजार थियो । भदौसम्ममा कुल जारी जीवन बीमालेखको संख्या ११ लाख ९८ हजार ६४३ र कुल निर्जीवन बीमालेखको संख्या ४ लाख ९० हजार ३०७ पुगेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरूले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । भदौसम्ममा कम्पनीहरूले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष भदौसम्म कम्पनीहरूले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म प्रथम बीमाशुल्क २७.७७ प्रतिशतले बढेको हो । त्यस्तै, भदौसम्ममा कम्पनीहरूले २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरूले २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार