free website hit counter

बीमाको पहुँच बढे पनि बीमाशुल्क भने घट्यो

beemaadmin
२०७९ आश्विन २८, शुक्रबार

काठमाडौं । बीमा चेतनाका कारण बीमाको पहुँच पछिल्ला वर्षमा राम्रैसँग उकालो लागेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ४४.०५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १५.८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमाको पहुँच २८.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।
म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित पनि बीमाको पहुँच ४०.४६ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । गत आर्थिक वर्षका यस अवधिमा यस्तै पहुँच २६.१८ प्रतिशत मात्रै रहेको थियो । पछिल्लो समय बीमालेखमा वृद्धि भएपछि बीमाको दायरा विस्तार थप सहयोग पुगेको बीमा समितिले जनाएको छ । भदौसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ८५.४५ प्रतिशत र अन्य जीवन बीमालेख ५७.४६ प्रतिशतले बढेको छ । कुल जीवन बीमालेख संख्या पनि ५९.३३ प्रतिशतले बढेर १ करोड ४० लाख १४ हजार ८६६ वटा पुगेको छ ।
जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिले जनाएको छ । चालु आर्थिक वर्षको साउन सम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड २९ लाख २५ हजार २१५ वटा बीमालेख जारी भएको समितिको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ५७.४६ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ८२ लाख ८ हजार ५२५ वटा बीमालेख जारी गरेका थिए । यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि ८५.४५ प्रतिशतले बढेर १० लाख ८९ हजार ६५१ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५ लाख ८७ हजार ५६३ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूको बीमालेख भने ५.८९ प्रतिशतले घटेर ४ लाख ४५ हजार ३६९ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ७३ हजार २६४ वटा बीमालेख जारी गरेका थिए ।
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने १.८२ प्रतिशतले घटेर ३३ अर्ब ९० करोड ६९ लाख रुपैयाँमा झरेको बीमा समितिको तथ्यांक छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका ३ हजार ३६२ वटा शाखा कार्यालयहरुमा ११ हजार ८८९ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार