free website hit counter

बीमाको प्रिमियम भुक्तानीमा इ–सेवाको यस्तो अफर

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । क्यासरहित कारोबार गराउने अभियानमा रहेको इसेवाले कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँ र २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सक्ने योजना ल्याएको छ। मोबाइलबाटै सबैतिर आर्थिक पहुँच पुर्याउँदै आएको इसेवाले सेवा विस्तार गर्दै यस्तो सुविधा थप गरेको हो ।
जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले यस्तो उपहार योजना सार्वजनिक गरेको हो।
उक्त योजनाअन्तर्गत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५०, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ तथा सय वटा भन्दामाथि कारोबार गर्नेले सय रूपैयाँ इन्सेन्टिभ पाउने छन्।
यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुवैमा लागू हुने बताइएको छ। उक्त योजना १ मार्च २०२० देखि जुलाई ३१ सम्म संचालन हुनेछ। यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइने छ।
पाँच महिनाको अवधिमा कुनै ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभ र २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन्। पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना संचालन गरेको बताइएको छ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार