free website hit counter

बीमाको व्यापार बढ्यो

beemaadmin
२०८२ कार्तिक १०, सोमबार

काठमाडौं । मानिसमा बीमा सम्बन्धी चेतना बढेकै कारण दिनदिनै बीमाको दायरा वृद्धि हुँदैछ भने बीमा गर्नु पर्छ भन्ने सोचकै कारण व्यापार पनि बढ्दो अवस्थामा पुगेको छ । नेपालमा बीमा व्यवसाय एक महिनामै ८१ प्रतिशतभन्दा बढीले बढेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँमा कुल बीमाशुल्क आर्जन गरेका थिए। चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। साउनको तुलनामा भदौसम्म कम्पनीहरुको व्यापार ८१.३६ प्रतिशतले बढेको हो। प्राधिकरणका अनुसार साउनमा जीवन बीमक (१४ वटा जीवन र ३ वटा लघु जीवन कम्पनी) ले २० अर्ब २ करोड ३ लाख रुपैयाँ र निर्जीवन बीमक ९१४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमक०ले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। गत भदौसम्म भने जीवन बीमकले ३५ अर्ब ९९ करोड र निर्जीवन बीमकले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। साउनको तुलनामा भदौसम्म जीवन बीमकको व्यापार ७९.७७ प्रतिशत र निर्जीवन बीमकको ८८.६२ प्रतिशतले बढेको छ। यसैगरी जीवन बीमकको भदौसम्म कुल जारी बीमालेख संख्या ११ लाख ९८ हजार ६४३ रहेको छ। साउनमा जीवन बीमकको कुल जारी बीमालेख संख्या ६ लाख ४८ हजार ५८८ थियो। साउनको तुलनामा भदौसम्म कुल जारी बीमालेख संख्या पनि ८४.८१ प्रतिशतले बढेको छ। उता निर्जीवन बीमकले साउनमा २ लाख ४३ हजार ७४१ वटा बीमालेख जारी गरेको जारी गरेकोमा भदौसम्म यो संख्या बढेर ४ लाख ९० हजार ३०९ वटा पुगेको छ। साउनको तुलनामा भदौसम्म बीमालेख जारी संख्या १०१.१६ प्रतिशतले बढेको छ। पछिल्लो समय बीमाप्रति मानिसको चेतना बढ्दै गएकोले जीवन बीमा बजारले गति लिन थालेको छ। अर्कोतर्फ बर्सेनि प्राकृतिकबाट ठूलो जनधनको क्षति हुने र बेलाबेलामा भइरहने आन्दोलनले निर्जीवन बीमा बजारको आकार बढ्न थालेको छ। बीमा प्राधिकरणका अनुसार गत भदौसम्म बीमाको दायरामा आएको जनसंख्या ४९.१९ प्रतिशत पुगेको छ। जब कि अघिल्लो वर्ष भदौसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.९२ प्रतिशत थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार