सामान्यतया बीमा क्षतिपूर्तिको सिद्धान्तमा बढी आधारित हुन्छ । अझ निर्जिवन बीमामा यसको महत्व बढी देखिन्छ । जब घटना घट्छ, तब सर्भेयरले क्षतिको मूल्यांकन गरेर बीमा कम्पनीलाई विवरण बुझाएपछि दाबी भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुग्छ ।
बीमा गरिएको सम्पत्तिको जानी जानी क्षति गर्न पाइँदैन । यदि गरिएमा बदनियतपूर्ण तरिकाले गरेको मानिन्छ र क्षतिपूर्ति दिइँदैन । तर कुनै बेला यस्तो स्थिति आइपर्दछ कि जानी जानी आफ्नो सम्पत्तिको क्षति आफैं गर्नु पर्दछ र बीमा कम्पनीसँग क्षति पूर्ति लिनु पर्दछ । उदाहरणका लागि १० हजार टन चामल लिएर प्रशान्त महाशागरबाट पानी जहाज चल्दै थियो तर बीचमा नै अड्कियो । प्राविधिकहरुको चेक जाँचपछि जहाज पत्ता लाग्यो कि जहाजमा लोड बढी रहेछ । अब समस्या समाधानका लागि १ हजार टन चामल समुद्रमा फालेपछि मात्रै जहाज गन्तव्यमा पुग्ने अवस्था आउँछ । त्यही अनुसार १ हजार टन चामल समुद्रमै फालेर जहाज अघि बढ्छ ।
जानी जानी ङ्खयाकेको सामानको दाबी भुक्तानी (मेरिन बीमा) बीमा गरेको कम्पनीसँग लिइन्छ र यो भुक्तानी बीमकले सहर्स स्वीकार गर्दछ । किनकि एक हजार टन चामल नफालेको भए विमकले दश हजार टनकै क्षतिपूर्ति व्यहोर्नु पथ्र्यो र पानी जहाजको पनि जुन बीमकले जोखिम बहन गरेको थियो त्यसैले तिर्नु पथ्र्यो ।
यसमा परम सद्विश्वासको सिद्धान्त पनि लागू हुन्छ र महत्वपूर्ण मानिन्छ । यो भनेको बीमक र बीमितबीचको आपसी समझदारी हो । यहाँ बिमितले बिमकलाई बढी क्षतिपूर्ति भर्नबाट गाउन पहिल्यै जानी जानी कम क्षति गराई थप क्षतिपूर्तिको बीमा दाबी भुक्तानी रकम जोगाइदिएको हुन्छ । यस सन्दर्भ कार्गो, बीमान, गाडी, रोपवे, केबलकारलगायतका क्षेत्रहरुमा हुन्छन् भने यो बीमक र बिमित दुवैको हितमा हुन्छ । यही सिद्धान्तलाई बीमा व्यवस्यामा जेटिसन Jettition भनिन्छ ।