free website hit counter

बीमालेख धितोमा ७८ अर्ब कर्जा

beemaadmin
२०८० भाद्र ८, शुक्रबार

काठमाडौं । जीवन बीमा जोखिमको हस्तान्तरण हो भने आवश्यक परेका बेला त्यही रकम निश्चित ब्याजदरमा प्रयोग गर्न पनि पाइन्छ । बीमकहरुले बीमालेख धितोकर्जा बढाएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले धितोकर्जा १६ अर्ब २६ करोड अर्थात २६ प्रतिशतले बढेको हो । नेप्सेमा सूचीकृत भएका ८ वटा जीवन बीमा कम्पनीहरुले कुल ७८ अर्ब ३६ करोड रुपैयाँ बीमालेख धितोकर्जा परिचालन गरेका छन् । जसमध्येमा नेपाल लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षमा नेपाल लाईफले ३० अर्ब ४५ करोड रुपैयाँ धितोकर्जा परिचालन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ६८ करोड रुपैयाँ अर्थात २२.९६ प्रतिशतले धेरै हो । प्रतिशतको आधारमा कम्पनीको सानिमा रिलायन्सको बीमालेख धितोकर्जा उल्लेख्य सुधार भएको देखिन्छ । यस अवधिमा इन्स्योरेन्सको बीमालेख धितोकर्जा ४०८.६२ प्रतिशतले वृद्धि भएको हो । सानिमाले एक अर्ब ४ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सले सर्वाधिक थोरै कर्जा प्रवाह गरेको छ । यसअवधिमा उक्त इन्स्योरेन्स कम्पनीले ५० करोड रुपैयाँ मात्रै बीमालेख धितोकर्जा लगानी गरेको छ । त्यसैगरी हिमालयन लाईफ इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ, सूर्यज्योती लाईफ इन्स्योरेन्सले ३ अर्ब ६७ करोड रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सले १० अर्ब ४५ करोड रुपैयाँ, लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २१ अर्ब ७९ करोड रुपैयाँ र एशियन लाईफ इन्स्योरेन्सले ४ अर्ब ७० करोड रुपैयाँ बीमालेख धितोकर्जा परिचालन गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार