free website hit counter

बीमालेख समर्पणको संख्या किन बढ्दैछ ?

beemaadmin
२०८२ भाद्र २९, आईतवार

काठमाडौं । दक्ष जनशक्तिको अभावमा जीवन बीमामा देखिएको सबैभन्दा ठूलो समस्या हो बीमालेख समर्पण अर्थात् बीमा त्याग गर्नु । जीवन बीमामा सबैभन्दा ठूलो भूमिका हुने अभिकर्ताहरुले नयाँ कम्पनी आएपछि पुराना कम्पनीबाट बीमालेख समर्पण गराएर कमिसनको लोभमा नयाँ कम्पनीमा बीमा गराउने गरेका कारण पनि यो संख्या बढेको हो । पहिले नबुझी बीमा गर्ने र बीमा गरिसकेपछि आफूले गरेको बीमा सही छ की छैन भनेर बुझ्ने गरेका कारण पनि यो दर बढेको हो । बीमालेख समर्पणको प्रमुख कारण अभिकर्ता नै हुन् । अभिकर्ताले बिमितको क्षमता हेरेर भन्दा पनि कमिसनको लागि बीमा गराउँदा समस्या भएको विज्ञहरुले बताएका छन् । यसमा सबैभन्दा ठूलो कमजोरी अन्डरराइटिङ अर्थात् जोखिमाङ्कन नै रहेको दखिन्छ । अन्डरराइटिङमा हुने कमजोरी नै बीमालेख समर्पणको कारण रहेको विज्ञहरुले बताउने गरेका छन् । अभिकर्ताले बिमितको क्षमता भन्दा ठूलो बीमा लेख भिराउँदा पनि समर्पण बढ्ने गरेको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरुमा ७ हजार ६६६ वटा बीमालेख समर्पण भएका छन्। गत आर्थिक वर्ष २०८१।८१ मा समर्पण बीमालेख संख्या १० हजार २९२ वटा रहेको छ। यस हिसाबले गत आर्थिक वर्षको साउनको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या २५.५१ प्रतिशतले घटेको छ। चालु वर्षको साउनमा बीमालेख समर्पणबाट जीवन बीमा कम्पनीहरुबाट १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ। गत वर्षको साउनमा बीमालेख समर्पणबाट १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बाहिरिएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पणबाट बाहिरिने रकम पनि १९.२० प्रतिशतले घटेको छ। उता व्यतित बीमालेखको रकम भने गत वर्षको तुलनामा ७।४३ प्रतिशतले बढेको छ। गत वर्ष साउनसम्म व्यतित बीमालेखको रकम ३४ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेकोमा चालु वर्षको साउनसम्ममा ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको साउनसम्म व्यतित बीमालेखको संख्या १२ लाख २९ हजार ४४६ पुगेको छ। गत वर्षको साउनसम्म व्यतित बीमालेख संख्या ११ लाख ७८ हजार ५६२ थियो। गत वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा ४.३२ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार