free website hit counter

बीमाशुल्क आर्जनमा एनएलजीको छलाङ, नाफा भने ६२ प्रतिशत घट्यो

beemaadmin
२०८३ श्रावण ३०, शनिबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भए पनि खुद नाफामा भने ठूलो गिरावट आएको छ।

गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ६२.३१ प्रतिशतले घटेको हो।

Advertisement
Advertisement

नाफामा गिरावट आए पनि कम्पनीको बीमाशुल्क आर्जन भने उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्ष कम्पनीले ४ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बीमाशुल्क २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ थियो। यस आधारमा कुल बीमाशुल्क आर्जन ३९.४७ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९८ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको बीमा कोषको आकार पनि बढेको छ। गत असार मसान्तसम्म बीमा कोषमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ। अघिल्लो वर्ष यस्तो कोष ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १४.७६ प्रतिशतले वृद्धि भएको हो।

जगेडा तथा इक्विटी

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको छ। कम्पनीको सेयर प्रिमियममा १३ करोड ८५ लाख, विशेष जगेडामा १ अर्ब ४२ करोड २ लाख, महाविपत्ति कोषमा ८ करोड ९४ लाख, रिटेन्ड अर्निङमा १ करोड १७ लाख र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षमा सेयर प्रिमियम २७ करोड १९ लाख, विशेष जगेडा १ अर्ब ३९ करोड १३ लाख, महाविपत्ति कोष ८ करोड ६५ लाख, रिटेन्ड अर्निङ ९ करोड १३ लाख तथा अन्य इक्विटी १७ करोड ६६ लाख रुपैयाँ थियो।

प्रतिशेयर आम्दानी पनि घट्यो

नाफामा आएको गिरावटको प्रभाव कम्पनीको प्रतिशेयर आम्दानीमा समेत परेको छ। गत आर्थिक वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २ रुपैयाँ १७ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ रुपैयाँ ९८ पैसा थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ३६ पैसा रहेको छ।

यसरी हेर्दा एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जन र बीमा कोषको आकारमा उल्लेख्य विस्तार भए पनि त्यसअनुसार नाफामा सुधार आउन सकेको छैन। समीक्षा अवधिमा कम्पनीको मुख्य चुनौती नाफा र प्रतिशेयर आम्दानीमा आएको गिरावट देखिएको छ।

सम्बन्धित समाचार