free website hit counter

बीमा अभिकर्ताको दोहोरो इजाजत खारेज गर्नु पहिले किन चाहियो सफाई पत्र ?

beemaadmin
२०७९ फाल्गुन २४, बुधबार

बीमा ऐन २०७९ अनुसार एउटै प्रकृतिको एक भन्दा बढी बीमकसँग अभिकर्ता भएर काम गर्न नपाउने व्यवस्था छ । जसअनुसार बीमा प्राधिकरणले अभिकर्ताको विस्तृत विवरण माग गरेको छ र यसको म्याद फागुन २७ सम्म सारियो । यसरी बीमा अभिकर्ताले विवरण पेश गर्दा एउटै बीमकबाट पेश गरेका हुन्छन् वा कुनै पनि बीमकमा आवद्ध नभई छोड्दिन्छन् । उत्प्रेरणा रकम, कमिशन नियम बमोजिम अभकर्तालाई दिनै पर्छ दिइरहेका छन् ।

कम्पनीको इजाजत खारेज गर्न किन निवेदन दिने ?

जबकि एउटै प्रकृतिको एक भन्दा बढी बीमकसँग आवद्ध भएमा बीमा ऐन २०७९ अनुसार अभिकर्ता दण्ड सजायँको भागिदार बन्दछ । यो जानकारी भएपछि दोहोरो, तेहेरो इजाजत लिन हुँदैन र दिँदैनन् पनि । बीमा प्राधिकरणले बीमीतको हित र बीमकको व्यवसायलाई मध्यनजर गरेर त्यस्तो व्यवस्था गरेको हुन सक्दछ तर त्यो पारदर्शिता र व्यक्तिगत गोपनियतामा पर्दैन ।

अभिकर्ताको गोपनियता

बीमा अभिकर्ताले धेरै बीमकसँग मध्यस्थ कर्ता गरी काम गरेका र एउटा बीमक रोजेर काम गर्दा बाँकीसँग म काम गर्दिन भन्दा उसको पेशागत गोपनियता भंग हुन्छ जसले उपको संस्थागत र व्यक्तिगत जीवनमा असर पर्न सक्छ । यसमा बीाम र बीमा प्राधिकरणको पनि ध्यान जान जरुरी हुन्छ किनकि कुनै व्यक्ति कुन बीामकसँग काम गर्दैछ भन्ने जानकारी सबैलाई दिनु जरुरी छैन ।

इजाजत नविकरण् गर्दा नै सबै थाहा हुन्छ

हाल आएर बीमा प्राधिकरणले काम गरेको अभिकर्ता विवरण ठिक छ । तर सबै बार पार गर्न दबाव नदिनु राम्रो हुन्छ । किनकि चैत मसान्तसम्ममा इजाजत नविकरण गर्दा अफिस आए जानकारी भइहाल्छ र सिस्टमले पनि देखाउला त्यसै यस विषयलाई धेरै बहसको विषय र हाउगुजी नबनाउँदा राम्रो होला ।

अभिकर्तालाई निरुत्साहित नगरौं

जीवन बीमाको व्यापार र दायरा घट्नसक्छ । बीमा ऐन २०७९ अनुसार बीमासँग सरोकारवालाहरुलाई निर्देशिन गर्ने कारबाही गर्ने लगायतको व्यवस्था हुँदाहुँदै नेपालमा बीमा प्राधिकरणले अभिकर्ताको लागि पनि विविध तवरले व्यवस्थित गर्न खोजेको छ तर भकुण्डोलाई समातेर थेचारोपछि उफ्रिन्छ र कहाँ पुग्छ थाहा हुँदैन । जसको फलस्वरुप अभिकर्ताहरुको इजाजत नविकरण कम भई बीमा व्यवसायमा नकारात्मक प्रभाव पार्न सक्छ ।

सम्बन्धित समाचार