free website hit counter

बीमा कम्पनीको नयाँ व्यापार पनि आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौं । उद्योग धन्दाको अवस्था निराशाजनक भए पनि वित्तीय क्षेत्रको व्यापार भने अझै पनि आशा लाग्दो देखिन्छ । चालू आर्थिक वर्षको ७ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ४३ करोड चार लाख रुपैयाँ नयाँ व्यवसाय गर्न सफल भएका छन्। तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरूले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए। गत आवको तुलनामा चालू आवमा प्रथम बीमाशुल्क आर्जन १४।४० प्रतिशतले वृद्धि भएको हो। चालू आर्थिक वर्षमा नेपाल लाइफले सर्वाधिक चार अर्ब ५९ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसलाई पछ्याउँदै नेशनल लाइफले दुई अर्ब ७३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै एलआईसी नेपालले एक अर्ब ५४ करोड ५४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ, हिमालयन लाइफले एक अर्ब ३८ करोड सात लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै सिटिजन लाइफले एक अर्ब चार करोड ७९ लाख रुपैयाँ, एशियन लाइफले ९५ करोड ६७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८७ करोड ४७ लाख रुपैयाँ, मेट लाइफले ७३ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७२ करोड ८९ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ७० करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले ६८ करोड ५४ लाख रुपैयाँ, सन नेपाल लाइफले ५४ करोड ०१ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

सम्बन्धित समाचार