free website hit counter

बीमा कम्पनीमा छन् ११ हजार बढी कर्मचारी

beemaadmin
२०८१ श्रावण २६, शनिबार

काठमाडौं । गत आर्थिक वर्ष २०८०–०८१ मा बीमा कम्पनीहरूको शाखा कार्यालयको संख्या बढेको छ । कार्यलयसहित बीमा क्षेत्रमा कर्मचारी संख्या पनि बढेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार गत आवमा बीमा कम्पनी कार्यालय संख्या ६.५३ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७९–०८० को असार मसान्तसम्म बीमा कम्पनीहरूको जम्मा कार्यालय संख्या २ हजार ८०१ वटा रहेको थियो । यस्तो संख्या बढेर गत आवको असार मसान्तसम्म २ हजार ९८४ वटा पुगेको छ । शाखा कार्यालय जीवन बीमकको भन्दा निर्जीवनको धेरै बढेको छ । जीवन बीमकको कार्यालय २.४६ प्रतिशतले बढ्दा निर्जीवनको १३.७४ प्रतिशतले बढेको हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमकको कार्यालय १ हजार ७८९ वटा तथा निर्जीवनको १ हार १२ वटा थियो । गत आवको अन्त्यसम्ममा जीवन बीमकको कार्यालय संख्या १ हजार ८३३ वटा पुगेको छ भने निर्जीवन बीमकको कार्यालय संख्या १ हजार १५१ वटा पुगेको छ ।
पछिल्ले एक वर्षमा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको संख्या ४.२८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बीमा कम्पनीहरूमा ११ हजार २०५ जना कर्मचारी थिए । गत आवको अन्त्यमा कर्मचारी संख्या बढेर ११ हजार ६८५ जना पुगेका छन् । जीवन बीमा कम्पनीमाभन्दा निर्जीवन कम्पनीमा नै कर्मचारीको संख्या बढेको तथ्यांकले देखाउँछ । जीवनतर्फ ३।१० र निर्जीवनतर्फ ५.५० प्रतिशतले कर्मचारीको संख्या वृद्धि भएको छ । अघिल्लो आवमा जीवन बीमा कम्पनीमा ५ हजार ६८२ जना कर्मचारी थिए । गत आवको अन्त्यमा यस्तो संख्या ५ हजार ८३३ जना पुगेका छन् । निर्जीवन बीमा कम्पनीमा अघिल्लो आवको अन्त्यमा ५ हजार ५२३ जना कर्मचारी थिए । गत आवको अन्त्यमा ५ हजार ८२७ जना रहेका छन् । कम्पनीको शाखा कार्यलय र कर्मचारी बढे पनि बीमाको पहुँच भने घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो आवको अन्त्यसम्ममा ४४.३८ प्रतिशत जनसंख्यामा बीमाको पहुच पुगेको थियो । यस्तो पहुँच घटेर गत आवको अन्त्यसम्ममा आइपुग्दा ४३.२७ प्रतिशतमा ओर्लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार