free website hit counter

बीमा कम्पनीमा लगानीको अवसर, ६ अर्ब २५ करोडको आइपिओ आउँदै

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

काठमाडौं । बीमा कम्पनीहरुको शेयरमा आकर्षण बढिरहेको बेला फेरि ११ वटा बीमा कम्पनीको ६ अर्ब २५ करोडको आइपीओ शेयर बजारमा आउँदैछ । सेकेन्डरी मार्केटमा समेत बीमाको शेयरले नेप्सेलाई धानिरहेको बेला आउन लागेको नयाँ आइपीओमा पनि राम्रै जनसहभागिता हुने अनुमान लगाउन सकिन्छ ।

नयाँ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पु¥याउनुपर्नेछ । चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्याउन पाउनेछन् । नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा नयाँ निर्जीवन बीमा कम्पनी रहेका छन् । आईएमई, रिलायन्स, रिलायवल, युनियन, ज्योति, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल, अजोड र जनरल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हुन् ।

Advertisement
Advertisement

नयाँ बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आइपीओ जारी गरिसकेका छन् भने बाँकी ११ वटा नयाँ बीमा कम्पनीहरुले ६ अर्ब २५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको छ जसमा सिटिजन लाइफले ७५ करोड, जनरल इन्स्योरेन्सले ३० करोड, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा जनरल इन्स्योरेन्सले ३० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी गर्ने तयारी गर्दैछन् ।

Advertisement
Advertisement

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनिहरु सानिमा, प्रभु, रिलायवल, आईएमई, महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, ज्योति लाईफको २ अर्ब २० करोड, युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ भने निर्जिबन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब पुग्नेछ।

शेयर कारोबार गर्न चाहनेहरुका लागि यी कम्पनीहरु राम्रो अवसर हुनसक्छ । किनकि बीमा कम्पनीहरुको शेयर कारोबार निकै राम्रो रहेको छ । बैंक समूहभन्दा अहिले बीमा समूहमा आकर्षण बढेको देखिन्छ ।

सम्बन्धित समाचार