free website hit counter

बीमा कम्पनीलाई प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन

beemaadmin
२०७८ कार्तिक ३०, मंगलवार

काठमाडौं । सानो मुलुकमा १९ वटा जीवन बीमा कम्पनी छन्, अझै पनि नयाँ बीमा कम्पनी खोल्ने तयारी भइरहेको छ । यो कुराको पुष्टि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका छन् । नेपाली बीमा क्षेत्रमा थप नयाँ कम्पनीहरु आउन सक्ने भएकोले प्रतिस्पर्धा गर्न तयार रहन निर्देशन दिएका छन् । राष्ट्रिय बीमा संस्थानको ललितपुरको लगनखेल शाखाको उद्घाटन गर्दै बीमा अध्यक्ष सिलवालले भने, बजारमा प्रतिस्पर्धा छ थप अर्को पनि बीमा कम्पनी आउन सक्छ । अध्यक्ष सिलवालले संस्थानका कर्मचारीहरु प्रतिस्पर्धी बजारमा संघर्ष गर्न दक्षतायुक्त र क्षमतायुक्त हुन नसकेको समेत बताएका छन् । सिलवालले भने, कर्मचारीहरुको क्षमता अभिबृद्धि गरेर अघि नबढ्ने हो भने प्रतिस्पर्धामा पछाडि परिन्छ । अध्यक्ष सिलवालले सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कमजोर भएको स्वीकार गर्दै यो संस्था कमजोर बन्नुमा कुनै एक पक्ष मात्रै दोषी नभएको बरु वर्षौदेखि काम गर्दै आएका कर्मचारीबाट समेत फाइदा लिन नपाएको बताए ।

सम्बन्धित समाचार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार