free website hit counter

बीमा कम्पनीले कहाँ लगानी गर्छ ?

beemaadmin
२०७६ माघ १२, आईतवार

तपाईंहामीलाई लाग्नसक्छ, बीमाले कहाँबाट पैसा ल्याएर यति धेरै मासिनको जोखिम बहन गरिरहेको छ ? बीमा कम्पनी कसरी सुरक्षित रहन्छ ? बास्तवमा यस्तो प्रश्न उठ्नु अस्वाभाविक पनि होइन । किनकि बैंकहरुले जस्तो बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्र हामीले देखेका छैनौं । बीमा कम्पनीले आफूखुशी लगानी गर्न पनि पाउँदैन । उसलाई हेर्ने नियमनकारी निकाय बीमा समितिको निर्देशनलाई पछ्याउँदै उसले निश्चित क्षेत्रमा लगानी गर्न पाउँछ ।

बीमा कम्पनीमा सङ्कलन गरिएको शुल्कलाई निश्चित अवधिका लागि सुरक्षित लगानी गर्न आवश्यक छ । बीमा लामो अवधिको गरिएको हुन्छ तर बीमा शुल्क नियमित बुझाइएको हुन्छ । बीमा कम्पनीले आफूखुसी लगानी गर्न पाउँदैन । निश्चित क्षेत्रभित्र रहेर बीमा समितिको निर्देशन र सहमतिमा लगानीको क्षेत्र स्पष्ट हुन्छ । वित्तीय जोखिम नभएका क्षेत्रहरू, मुनाफा आर्जित कम्पनीहरू, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, विकास बैङ्कको मुद्दती निक्षेप, वाणिज्य बैङ्कको मुद्दती निक्षेप, नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको ऋणपत्र, नागरिक लगानी कोषभित्र कम्पनीको मुद्दती निक्षेप आदि पर्दछन् ।

बीमा कम्पनीको स्वेच्छाले सबै रकम एकत्रित गर्न पाउने छैन । यसमा हालसम्मको अवस्थामा क वर्ग वा नेपाल राष्ट्र बैङ्क र नेपाल सरकार अथवा सरकारको जमानत प्राप्त ऋणपत्र बचतपत्रमा कुल लगानीको कम्तीमा २५% प्रतिशत लगानी गरिएको हुनुपर्दछ । यसै गरी वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा कुल लगानीको ३५ प्रतिशतभन्दा बढी राख्नुपर्दछ । विकास बैङ्कको मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा कम लगानी गर्नुपर्दछ । नागरिक लगानी कोषमा कुल लगानीको ५% भन्दा कम वाणिज्य बैङ्कहरूको अग्राधिकार सेयर, पब्लिक लिमिटेड सुरक्षित ऋणपत्रहरूमा १० प्रतिशतभन्दा कम, वित्त कम्पनीको मुद्दती निक्षेपमा १०% भन्दा कम, पब्लिक लि.क.को साधारण सेयरमा ५% भन्दा कम लगानी गर्ने प्रावधान छ ।

यसरी अनिवार्यरूपमा क र ख वर्गमा लगानी ७५% भन्दा बढी हुनु आवश्यक छ । बीमा कम्पनीहरूले आफूले स्वेच्छिक लगानी कुल लगानीको १५% मात्र गर्न पाउँछन्, जहाँ मुद्दती निक्षेप, पब्लिक सेयर, बीमितलाई ऋण, कर्मचारी तलब भत्ता, अभिकर्ता कमिसन, ऋण आदि पर्दछन् । बीमा कम्पनीहरूको यस लगानीको क्षेत्रको कारणले बीमा कम्पनी मजबुत भई ग्राहकको विश्वास जितेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार