free website hit counter

बीमा क्षेत्र सुधारका लागि ओझाको नेतृत्वमा अध्ययन समिति गठन

beemaadmin
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको बीमा क्षेत्रको समग्र सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशीलकुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्।

समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्। मन्त्रालयले समितिलाई बीमा क्षेत्रको विद्यमान अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेश गर्ने कार्यादेश दिएको छ।

समिति संयोजक सुशीलकुमार ओझा अर्थ मन्त्रालयका पूर्व कर्मचारी हुन्। सदस्य सहदेव तिवारी प्रिमियर इन्स्योरेन्सका पूर्व नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन् भने अर्का सदस्य श्रीकृष्ण थापा मगर पेशाले चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन्।

अध्ययन समितिले बीमा क्षेत्रलाई थप प्रभावकारी, प्रतिस्पर्धी र सुदृढ बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारका विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार