free website hit counter

बीमा गराउने पुरुष ५५ र महिला ४५ प्रतिशत

beemaadmin
२०७९ आश्विन २५, मंगलवार

काठमाडौं । बीमाको पहुँच बिस्तारसँगै जीवन बीमा गराउने बीमितको संख्या पनि बढ्दै गएको छ । शहरमा केन्द्रीत बीमकहरु अहिले गाउँ गाउँमा छिर्न थालेका छन् । नियामक निकाय बीमा समितिले आगामी दिनमा जति बीमा चेतना फैलाउन सक्यो उनी जीवन बीमा बढ्ने छ । यसले धेरै बीमाशुल्क आर्जन हुँदा बीमितहरुले बीमाबाट पाउने लाभ तथा बोनस पनि वृद्धि हुन्छ । नियामक निकाय बीमा समितिले महिला र पुरुषको आधारमा बीमा बजारको अवस्थाबारे अध्ययन सुरु गरेको छ । समितिले गरेको नयाँ अध्ययनबाट कुल जनसंख्याको ५५ प्रतिशत पुरुषले बीमा गराउँदा ४५ प्रतिशत महिलाले बीमा गराएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमाको प्रचार–प्रसारबाट मात्र नभई सम्बन्धित व्यक्ति आफैले बीमाको आवश्यकता महशुस गर्न थालेको र अहिले जबर्जस्तीभन्दा पनि स्वयच्छाले बीमा गराउनेहरु बढेका छन् । प्रदेश एकमा ३० प्रतिशत पुरुषले बीमा गराउँदा ७० प्रतिशत महिलाले बीमा गराएका छन् । त्यस्तै, मधेशमा ६४ प्रतिशत पुरुषले बीमा गराउँदा जम्मा ३६ प्रतिशत महिलाले बीमा गराएका छन् । बागमतीमा ६० प्रतिशत पुरुषले बीमा गराउँदा ४० प्रतिशत महिलाले बीमा गराएका छन् भने गण्डकीमा ४४ प्रतिशत पुरुषले बीमा गराउँदा ५६ प्रतिशत महिलाले बीमा गराएका छन् । लुम्बिनीमा ४२ प्रतिशत पुरुषले बीमा गराउँदा ५८ प्रतिशत महिलाले बीमा गराएका छन् । त्यस्तै, कर्णालीमा ५९ प्रतिशत पुरुषले बीमा गराउँदा जम्मा ४१ प्रतिशत महिलाले बीमा गराएका छन् । सुदूर पश्चिममा ४९ प्रतिशत पुरुषले बीमा गराउँदा ५१ प्रतिशत महिलाले बीमा गराएका छन् ।
यसैगरी, कुल जनसंख्याको आधारमा प्रदेश एकमा आठ प्रतिशत, मधेशमा पाँच प्रतिशत, बागमतीमा ६७ प्रतिशत, गण्डकीमा पाँच प्रतिशत, लुम्बिनीमा आठ प्रतिशत, कर्णालीमा दुई प्रतिशत र सुदूर पश्चिममा चार प्रतिशत बीमाको दायरामा छन् । यो अहिलेको अद्यावधिक तथ्यांक भएको समितिको भनाई छ ।

सम्बन्धित समाचार