free website hit counter

बीमा चेतना बढाउन प्रदेश सरकारको एक हप्ते अभियान

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । सामाजिक परिवर्तनका लागि अभियान थालेको प्रदेश दुई सरकारले माघ २ गतेदेखि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गते छोरी शिक्षा बीमालाई जनस्तरसम्म लैजानको लागि छोरी बीमा सप्ताह कार्यमक्रम संचालन गर्ने भएको छ ।
प्रदेश नं. २ सरकारले ०७५ माघ १ गते यता उक्त प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने घोषणा गरेको थियो । साथै उक्त प्रदेश सरकारले बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको हो ।
माघ २ गतेदेखि ९ गतेसम्म चल्ने उक्त अभियानमा प्रदेश २ अन्तर्गतका आठ वटै जिल्लाका अभिभावकले आफ्ना नवजात छोरीहरुको बीमा गराउन पाउने भएका छन् ।
उक्त कार्यक्रममा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम समेत गरिने बताइएको छ । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै अघि बढ्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार