free website hit counter

बीमा पोलिसी नविकरणको नलिनुस् चिन्ता

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

काठमाडौं । कोरोना भाइरुसको संक्रमणले सिंगो विश्व स्तब्भ बनाएको छ । नेपालमा त्यसको प्रभाव छिटफुट देखिन थालेपछि सरकारले रोकथामका लागि सक्दो सावधानीका साथ लकडाउनको व्यवस्था गरिसकेको छ भने प्रभावितहरुलाई खोजी खोजी उपचार थालेको छ । बीमा समितिले बीमा कम्पनीहरूको कारोबारलाइ सहज बनाउने गरी निर्देशनहरू जारी गरेको छ । विश्वभरी महामारीको रूपमा कोरोना भाइरस फैलिएको र अत्यावश्यक सेवाभित्र पर्ने बीमा सेवा सञ्चालन गर्नु पर्ने अवस्थामा बीमा समितिले बीमा कारोबारको भुक्तानी प्रकिया सरल बनाएको हो ।


बीमा कम्पनीहरूले बीमालेख जारी गर्दा वा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ । बीमा क्षेत्रमा धेरै कारोबार चेक भुक्तानी विधिबाट हुने गरेकोमा अब डिजिटल कारोबारले प्राथमिकता पाउने छ । बीमा समितिले जीवन बीमा शुल्क बुझाउने समय पनि थपेको छ । तोकिएको समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था समितिले गरेको छ । यस्तै, निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि नै जानकारी दिनुपर्ने निर्देशन बीमा समितिले दिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

सूर्य ज्योति लाइफ १७औं वर्षमा

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार