free website hit counter

बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले पाए अवकाश

beemaadmin
२०८१ जेष्ठ १३, आईतवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकाश पाएका छन् । ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट अवकाश पाएका हुन् । वि.सं २०७६ बैशाखमा प्राधिकरण (साविक बीमा समिति) को कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि पौडेल कार्यकारी निर्देशक बनेका थिए । तीन दशक बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणमा कार्यरत पौडेलले शनिवारदेखि अवकाश पाएका हुन् । सेवा निवृत्त जीवन अझ सुखमय हाेस् शुभकामना ।

सम्बन्धित समाचार