free website hit counter

बीमा प्राधिकरणले एक वर्षमा स्वीकृत गर्‍यो ४६ नयाँ बीमालेख

beemaadmin
२०८३ श्रावण २३, शनिबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ४६ वटा नयाँ बीमालेख स्वीकृत गरेको छ।

प्राधिकरणका अनुसार बजारको आवश्यकता, बीमितको माग तथा बीमा क्षेत्रको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै पुराना बीमालेखमा संशोधन गर्नुका साथै जीवन तथा निर्जीवन बीमा क्षेत्रमा नयाँ बीमालेख स्वीकृत गरिएको हो।

Advertisement
Advertisement

स्वीकृत भएका ४६ नयाँ बीमालेखमध्ये २८ वटा निर्जीवन बीमा क्षेत्रसँग सम्बन्धित छन्। त्यस्तै, १४ वटा जीवन बीमालेख स्वीकृत भएका छन्।

Advertisement
Advertisement

यसैगरी, प्राधिकरणले ३ वटा लघु निर्जीवन बीमालेख र १ वटा कृषि बीमालेख समेत स्वीकृत गरेको जनाएको छ।

प्राधिकरणले बीमा सेवाको विस्तार, नयाँ जोखिमको सम्बोधन तथा बीमितको आवश्यकताअनुसार बीमा उत्पादन विकासलाई प्राथमिकता दिँदै नयाँ बीमालेख स्वीकृत गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार