free website hit counter

बीमा रकम हत्याउन हिन्दी फिल्म बिर्साउने योजना, यसरी भयो पर्दाफास

beemaadmin
२०७९ श्रावण १४, शनिबार

काठमाण्डौ । हिन्दी फिल्मको कहानी जस्तो घटनाले बीमा क्षेत्रलाई चकित तुल्याएको छ । पैसाका लागि मानिसले यति ठूला अपराध पनि गर्दा रहेछन् भन्ने कुराको रहस्य प्रहरीले खोतलेको छ । बीमाको रकम हत्याउन फिल्मीशैलीमा नक्कली विवाह गरी एक युवकको हत्या भएको घटना सार्वजनिक भएको छ। पहिले नक्कली विवाह, त्यसपछि बीमा अनि बीमाको रकम हत्याउन युवकको हत्या भएको घटना सर्वाजनिक भएको हो। ती युवकको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ६ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेपछि यो षड्यन्त्रको पर्दाफास भएको हो ।
सीआईबीका अनुसार बीमा रकम हत्याउन बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको हत्या भएको हो। विकको हत्यापछि बीमा रकम असुल गरिएको आरोपमा प्रहरीले बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई सार्वजनिक गरेको छ। सीआईबीका अनुसार यो समूहले सर्जनलाईाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली विवाह गराइदिएका थिए। त्यसपछि सर्जनको रिलायन्स लाइफ इन्स्योरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गराई इच्छाइएको व्यक्तिमा सपनाको नाम राखेका थिए।
घटना विवरणअनुसार २०७८ वैशाख २ मा कोहलपुरमा मोटरसाइकल दुर्घटनामा भयो। परी मृत्यु भएको भनियो । मिनिबसले ठक्कर दिँदा मोटरसाइकल चालक सर्जनको घटनास्थलमै मृत्यु भयो। उनको सवारीचालक लाइसेन्स थिए। इलाका प्रहरी कार्यालय कोहलपुरले मिनिबस चालक टोपबहादुर राना क्षेत्रीलाई पक्राउ गरेर मुद्दा चलायो। गत २५ माघमा अदालतले रानालाई १ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
सीआईबीका अनुसार यो मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाणलगायतका कागजपत्र पेस गरी यो गिरोहले रिलायन्स इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएको खुलेको छ। उक्त उनीहरुले आपसमा बाँडफाँड गरेका थिए। सीआईबीका अनुसार सञ्जीवको खातामा ८० लाख ३६ हजार, दीपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ। ३ लाख ३ हजार ५०० रुपैयाँ भने एटीएम कार्डबाट निकालिएको पाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
सर्जनको बीमा गराइदिने अभिकर्ता सरदार हुन्। घटनाका मुख्य योजनाकार सञ्जवी र सरदार पहिलेदेखि नै चिनजान थियो। यी दुवैको योजनामा सर्जनलाई विदेश पठाइदिने बहानामा सपनासँग नक्कली विवाद गराइदिएको पाइएको सीआईबीले जनाएको छ। पक्राउ परेकाहरुमाथि संगठित अपराध र ठगी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार