free website hit counter

बीमा विधेयक अर्थ समितिबाट पारित

beemaadmin
२०७९ असार २, बिहीबार

काठमाडौं । बीमा विधेयक अर्थ समितिबाट पारित भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको बीमा विधेयक २०७५ पारित भएको छ । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले बीमा विधेयक २०७५ पारित गरेको हो । यसअघि पटक पटक भएको छलफलपछि आज अन्तिम छलफल भएको हो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालसहितका सांसदहरुको उपथितिमा पारित भएको हो । छलफल बीमा शुल्क, अर्थमन्त्रालयको प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्ण हरि पुस्कर, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समितिकै निर्देशकद्धय सुशिलदेव सुवेदी र दिनेशलाल कर्ण सहभागी थिए ।

सम्बन्धित समाचार