free website hit counter

बीमा शुल्कमा असार २२ सम्म जरिवाना नलाग्ने

beemaadmin
२०७७ असार १६, मंगलवार

काठमाडौं । कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउन केही सहज हुँदै गएकाले जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद असार १५ सम्म मात्रै रहेकोमा असार २२ गतेसम्म थप भएको छ । असार २२ गतेसम्म जीवन बीमाको प्रिमियम संकलन गर्न र ब्याज नलाग्ने व्यवस्था थप गर्न जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । सोमबार बीमा समितिले एक निर्देशका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई असार २२ गतेसम्म थप गरी ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कारोना भाइरसका कारण उत्पन्न भएको परिस्थतिलाई मध्यनजर गर्दै यसअघि असार १५ सम्म प्रिमियर वापतको रकम संकलन गर्न र ब्याज नलाग्ने व्यवस्था गरेको थियो । उक्त समयअवधि थप गर्न समितिले यस सूचना जारी गरेको हो ।

सम्बन्धित समाचार