free website hit counter

बीमा शुल्क आर्जनमा ज्याेति लाइफकाे छलाङ

beemaadmin
२०७७ कार्तिक १७, सोमबार

काठमाडौं । कोरोना कहरका कारण अर्थतन्त्र धरासायी बन्दै गएको बेला पनि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सबै सूचांकहरुमा राम्रो प्रगति देखिएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासमा ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ६५ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्गिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९८ प्रतिशतले बढी हो ।

१ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९ करोड ६३ लाख र व्यवस्थापन खर्च बापत ५ करोड २३ लाख खर्च गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३३ रुपैयाँ २३ पैसा रहेको छ ।

सम्बन्धित समाचार