free website hit counter

बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाल

beemaadmin
२०७७ माघ २०, मंगलवार

काठमाडौं । झण्डै एक महिनादेखि नेतृत्वविहीन बनेको बीमा समितिले नेतृत्व पाएको छ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाल सिलवाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई आगामी ४ वर्षको लागि समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सिलवाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनी २०७० चैतदेखि २०७२ मंसिरसम्म गृहसचिवको भूमिकामा थिए ।

Advertisement
Advertisement

सिलवाल २०६९ साल साउन २८ गतेदेखि २०६९ माघ १५ गतेसम्म सुचना तथा सञ्चार मन्त्रालयका सचिव भएका थिए भने सिलावालले अर्थमन्त्रालयमा लामो समय काम गरेका थिए।

Advertisement
Advertisement

निवर्तमान अध्यक्ष चिरञ्जीवी चापगाईको कार्यकाल गत पुस २३ गतेदेखि सकिएको थियो। अध्यक्षको दौडमा धेरै जनाको चर्चा भए पनि बजारमा चर्चै नभएका शिलवालले सबैलाई पछाडि पार्दै अर्थमन्त्री विष्णु पौडेलको नजरमा पर्न सफल भएका हुन् ।

सम्बन्धित समाचार