free website hit counter

बीमा समितिमा जन्मियो नयाँ कर्मचारी संगठन

beemaadmin
२०७७ असार ८, सोमबार

काठमाडौं । बीमा व्यवसायको नियामक निकाय बीमा समितिमा अर्को कर्मचारी संगठनको जन्म भएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले बीमा समिति कर्मचारी संगठनको नाममा दोस्रो कर्मचारी संगठन दर्ता गरिएको छ। लकडाउन अघि नै निवेदन दिइएकोमा यही असार ४ गते औपचारिक रुपमा प्रमाणपत्र दिएको हो । समितिमा बीमा समिति कर्मचारी युनियन यसअघि क्रियाशील छ । थोरै कर्मचारी भएको संगठनमा अर्को संगठन जन्मिएको हो । बीमा समिति कर्मचारी युनियन कै निवर्तमान अध्यक्ष प्रकाश सोडारीको संयोजकत्वमा नयाँ संगठन दर्ता गरिएको हो । सोडारीले प्रगतिशील तरिकाले कर्मचारीहरुको हक हितको रक्षाको लागि नयाँ संघ दर्ता गर्न कर्मचारीहरुकै दवावका कारण नयाँ संस्था दर्ता गरिएको बताए । नयाँ गठन भएको संगठनमा बहुमतभन्दा बढि अर्थात २८ जना सदस्य सदस्य रहेको संगठनले जनाएको छ ।
नयाँ दर्ता भई अस्तित्वमा आएको संगठनको सदस्य सचिव दीपक ज्ञवाली छन् । त्यस्तै, कार्यसमितिका सदस्यहरुमा शेखर प्रसाद शर्मा, टेकराज पाण्डे, केदारनाथ भट्ट, सुनिता कुमारी थापा मगर, अन्जना शर्मा, पिताम्वर पराजुली, सुनिता कार्की रहेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार