free website hit counter

बीमा समितिले रोक्यो अभिकर्तालाई अनाधिकृत कर्जा

beemaadmin
२०७८ बैशाख ४, शनिबार

काठमाडौं । नीयामक निकाय बीमा समितिले त्यसभित्र भएका गतिविधिको निगरानी गर्नेक्रमलाई अघि बढाएसँगै गैरकानुनी रुपमा भएका गतिविधि रोकिन थालेका छन् । व्यवसायलाई प्रवद्र्धन गरेको नाममा बीमकहरुले अभिकर्ताहरुलाई ठूलो रकम कर्जा प्रवाह गर्दै आइरहेका थिए । बीमा समितिले अभिकर्ताहरुलाई अनाधिकृत कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ ।

बीमा समितिले सर्कुलर जारी गर्दै अभिकर्ताहरुलाई कर्जा नदिन निर्देशन दिएको हो । समितिले बीमालेख धितो र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई हुने कर्जा बाहेक कुनै पनि कर्जा प्रवाह नगर्ने निर्देशन दिएको छ । कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो कर्मचारीहरुलाई सापटी र आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय समयमा तोकिए बमोजिम कर्जा दिन भने बाधा पुगेको छैन ।

सम्बन्धित समाचार