काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मात्रृशोक परेको छ। लामो समयदेखि उपचाररत सिलवालकी माता जानकी सिलवालको ८० वर्षको उमेरमा आज बिहान साढे ४ बजे देहवसान भएको हो। केहि दिन अगाडि मात्रै उनलाई अस्पतालबाट घरैमा लगेर उपचार गरिएको थियो । आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिएको परिवार स्रोतले जानकारी दिएको छ। शोकसन्तप्त परिवारजनप्रति अर्थबीमा परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।