free website hit counter

बीमितको ज्यान गएको पाँचै दिनमा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार ४, शुक्रबार

काठमाडौं । बीमा दाबीमा झन्झट हुन्छ भन्ने भ्रम अब व्यवहारिक रुपमै हट्दै गएको छ । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना बीमितको मृत्यु दावी भुक्तानी पाँच दिनमै दिएको छ । कम्पनीले ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सूकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो । स्वर्गीय सूकुना गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् । यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्जवल सायमीले स्वर्गीय गुरुङ्गको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त दावी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दावी फर्छ्र्यौट गरिएको दावी विभागका प्रमुख नबिन श्रेष्ठले जानकारी गराए ।

सम्बन्धित समाचार