free website hit counter

बीमितलाई उच्च बोनस दिँदै नेशनल लाइफ

beemaadmin
२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं । जीवन बीमा क्षेत्रकै अग्रणी बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएअनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस लिने) गरी जारी बीमालेखहरुमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। योसँगै लगातार २–३ वर्षदेखि नेशनल लाइफ बीमा क्षेत्रमै आफ्ना बीमितलाई उच्च बोनस दिने कम्पनी बनेको छ।
सावधिक जीवन बीमा योजनामा कम्पनीले न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथि अवधिका लागि ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको बीमालेख ८९ हजार ७३८ वटा बिक्री गरेको छ। अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्ष अवधि, १५ देखि २० वर्ष अवधि र २१ देखि २५ वर्षसम्मको अवधिका लागि समान ६० रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको बीमालेख ४९ हजार ३५५ वटा बिक्री गरेको छ।
यसैगरी, सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ६० रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। यस बीमालेखमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिसम्मका लागि ६० रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको बीमालेख ९४ हजार २६६ वटा बिक्री गरेको छ भने बाल अमृत सावधिक जीवन बीमालेखमा प्रतिहजार ५ देखि १४ वर्ष र १५ देखि २० वर्षसम्मका लागि समान ६० रुपैयाँ बोनसदर कायम गरेको छ। यस बीमालेखमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्ष, १५ देखि २० वर्ष र २१ वर्षदेखि २५ वर्षसम्मका लागि एउटै ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार