काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त निमित्त अध्यक्ष मदन दाहालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै निमित्त अध्यक्ष मदन दाहालले बीमाको दायरा बृद्धि हुनेगरी बीमाको मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढ्ने बताएका छन् । साथै कुनै पनि मानिसले हचुवाको भरमा सुनाएको कुरामा आफुले निर्णय नलिने बताएका छन् । दाहालले भने, मैले बीमा प्राधिकरणको बारेमा थुप्रै नकारात्मक कुराहरु सुनको छु। उनले भने, आजदेखि नै सबै कर्मचारीहरुले त्यस्ता कार्यहरु तुरुन्त छोड्नुस । मैले कर्मचारीहरुको तलब बाहेकका अन्य कुनै गलत स्रोतबाट आएको पाएमा समेत तत्कालै कारबाहीको भागेदार बनाउने छु। अध्यक्ष दाहालले बीमा प्राधिकरणलाई बीमा क्षेत्रका समस्या समाधान र बीमा व्यवसायलाई अगाडी बढाउँन आवश्यक अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंक जस्तो दायरा बृद्धि गर्नुपर्छ । म नियामक हो भन्दै हिडेर हुँदैन । आफ्नो कामलाई पनि पूर्ण रुपले गर्नुपर्छ। उनले भने, ‘बीमा क्षेत्रको प्रतिनिधित्व गर्ने निकाय हामी हौँ । त्यसकारण यस क्षेत्रको विकासमा बीमक तथा नियमनकारी निकायको सम्बन्ध बलियो बनाउँन आवश्यक छ। अध्यक्ष मदन दहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिएका छन् । अध्यक्ष दहालले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै आफूले सकेसम्म दीर्घकालिन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरेका छन् । अध्यक्ष दहालले भने, बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकतिको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ । यसअघि, अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यक्ष दहाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दहाललाई हिजो जिम्मेवारी दिएको हो ।अध्यक्ष दहाल अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य समेत हुन् ।