काठमाडौं । बुंगल हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइतबार आईपीओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्कासन तथा बिक्री खुला गर्नेछ । आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपियाँ पुग्नेछ। हाल कम्पनीमा संस्थापक समूहको ५३ करोड ९५ लाख रुपियाँबराबरको लगानी रहेको छ ।