free website hit counter

बुटवलमा औद्योगिक व्यापार मेला आयोजना हुने

beemaadmin
२०७६ मंसिर २५, बुधबार

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुष ९ गतेदिख बुटवलमा २०औं औद्योगिक व्यापार मेला बुटवल–२०७६ हुँदैछ । मेला आयोजक संघले मेलाको तयारीलाई तिब्र पारेको बताएको छ । बुटवल उपमहानगरपालिका– ९ देविनगरमा हुने मेलामा देशभरका उद्योगी व्यवसायीहरुको सहभागिता रहने मेला प्रचार प्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले बताएका छन् । उनका अनुसार, मेलामा कृषि, छाला, होजियारी, फलफुल, अटोमोवाइल्स, खाद्यान्न, कपडा, चिया, कफि लगायतका उत्तपादन राखिने छ । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् ।
बुटवल उद्योग बाणिज्य संघले २०४५ सालमा राजधानी बाहिर पहिलो पटक व्यापार मेलाको आयोजना गरेको थियो। त्यसपछि बुटवलमा आलोपालोमा व्यापार मेला लागि रहेका छन् । उत्पादनको प्रवद्र्धन गर्न मेला नै सबैभन्दा उत्तम स्थल हो । यो वृहत मेला भएकाले हरेक वस्तु तथा उत्पादनलाई ठाउँ दिने प्रयास आयोगले गरिहेको बताइन्छ । मेलामा विशेष गरी उपभोग्य बस्तु, अटोमोबाइल, सूचना प्रविधि तथा अन्य विद्युतीय उपकरण, निर्माणको क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि, जडिबुटी तथा कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्योगका उत्पादन, गार्मेन्ट तथा स्वदेशी जुत्ताचप्पल मेलामा राखिनेछन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना सुविधा र विभिन्न प्याकेजसहित प्रदर्शनी गराउने योजनामा छौं । मेलामाा राखिने हरेक बस्तु गुणस्तरिय तथा आम उपभोक्ताको पहुचमा रहने खालका हुनेछन् । त्यसगरि मेलामा उपभोक्ताहरुलाई सामान खरिद गर्दा सहुलियत दिने बारेमा पनि उद्योगी व्यापारीहरुसंग छलफल भइरहेको आयोजकले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार