free website hit counter

बुटवल पावर कम्पनीको नाफा बढ्यो

beemaadmin
२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८।३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.४० प्रतिशत बढेर २४ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३४.०३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.०८ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च २२ लाख ७६ हजार रुपैयाँबाट बढेर ८८ लाख ३१ हजार रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा बढेर ९ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.२५ गुणा रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार