free website hit counter

बुधबारबाट शुरु हुने व्यापार मेलाको भव्य उद्घाटन हुने

beemaadmin
२०७६ पुष ८, मंगलवार

बुटवल । बुधबारदेखि शुरु हुने औद्योगिक व्यापार मेलाको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलबाट हुने भएको छ । प्रमुुख अतिथिमा उपप्रधानमन्त्री पोखरेललाई निम्त्याइएको र विशिष्ट अतिथिको रुपमा पूर्व रक्षामन्त्री एवं नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रदेश ५ का उद्योग, पर्यटन तथा वन मन्त्री लिला गिरी, बुटवल महानगरपालिकाका मेयर शिवराज सुवेदीलगायतको उपस्थिति रहने मेला प्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समुद्घाटन कार्यक्रम बिहान ११ः०० बजेका लागि तोकिएको छ ।
‘लगानी लुम्बिनीमा सम्बृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको सबै तयारी सकिएको अधिकारीले बताउनुभयो । पुस ९ गतेदेखि २३ गते सम्म बुटवल उपमहानगरपालिका ११ स्थित देवीनगरमा लाग्ने मेलाले स्वदेशी उत्पादन प्रति उपभोक्तालाइ जागरुक बनाँउदै औधोगिक चेतना बृद्धि गर्ने र स्थानीय उत्पादको बजार प्रवद्र्धनका लागि भूमिका खेल्ने उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमलाले बताउनुभयो ।
भ्रमण बर्षको पुव सन्ध्यामा हुन लागेको मेलाले भ्रमण बर्षबारे व्यापक प्रचार प्रसार गर्ने समेत अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार