काठमाडौं । सोनम ल्होसारको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ । तामाङ जातिको साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णयसहित गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको निर्णयका आधारमा गृह मन्त्रालयले बुधबार सार्वजनिक विदा दिने सूचना जारी गरेको हो ।