free website hit counter

बेरोजगार युवालाई तालिम दिँदै राष्ट्रिय वाणिज्य बैंक

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । बैकिङ क्षेत्रमा भविष्य खोज्न तल्लिन युवाहरुलाई बेला बखत तालिमको व्यवस्था गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत ७ देखि चैत ९ गतेसम्म वीरगंजमा संचालन गर्दैछ । जसको लागि २१ गतेबाट फागुन ३० सम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । प्रदेश नं। २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु जो कुनै प्रकारको काममा आवद्ध नभएकोलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार