free website hit counter

बेलायतमा अर्का भूपू गोरखा सैनिकको ज्यान कोरोनाकै कारण गयो

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

एजेन्सी । प्रवासमा रहेकमा एक नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको हो। अहिलेसम्म कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व गोरखा सैनिक रहेका छन् । लण्डनको प्लमस्टिडमा बस्दै आएका ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको बताइएको छ । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा थिए । गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार