free website hit counter

बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण

beemaadmin
२०८२ कार्तिक १५, शनिबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले शिलबन्दी प्रस्ताव पेश गर्ने बारे एक सूचना जारी गर्दै यस्तो बताएको हो । प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आजको ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले पेश हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने बताएको छ । जसमा बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषको विवरण सहित सिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार