free website hit counter

बैंकमा सुन राखेर ब्याज

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । बैंकमा सुन निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै सुन पनि पैसा जसरी नै व्याज दिएर निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था गर्न भनेको छ । यसरी सुन निक्षेप लिँदा कम्तिमा ९९५ फिटनेसको सुन मात्रै लिन राष्ट्र बैंकले भनेको छ । ९९५ फिटनेससम्मको सुन भनेको छापावाल वा २४ क्यारेटको सुन मात्रै हो । वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाइ संचालक समितिबाट पारित गराई लागू गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ ।

यसरी सुन निक्षेप लिने बैंकले सो निर्णय भएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्नेछ । बैंकले निक्षेपको रुपमा प्राप्त भएको सुनलाई आफ्नो ढुकुटीमा दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटीभित्र राख्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले भनेको छ । ढुकुटी सुरक्षाको लागि सीसीटिभी क्यामरा, स्ट्रङ रुम, दोहोरो चाबीलगायतका आवश्यक प्रबन्ध मिलाउन पनि राष्ट्र बैंकको निर्देशन छ । यस्तै, बैंकहरुले निश्चित शाखाबाट मात्रै सुन निक्षेप लिने व्यवस्था गर्न सक्नेछन् । तर, यसरी कुन शाखाबाट सुन निक्षेप लिने हो, त्यसको जानकारी सार्वजनिक रुपमा गराउनु पर्ने राष्ट्र बैंकको भनाइ छ । बैंकमा निक्षेपको रुपमा राखिने सुनको परिमाण कम्तिमा २५ ग्राम हुनुपर्ने भनिएको छ । २५ ग्राम सुन भनेको २ तोलाभन्दा बढी हो । सुन निक्षेप राख्न आउने ग्राहकले ल्याएको सुनको शुद्धता परीक्षण गरी प्रमाणपत्र दिने व्यवस्था मिलाउन बैंकहरुलाई भनिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार