free website hit counter

बैंकर्स संघमा दाहाल नेतृत्वको कार्य समितिले गर्यो पदभार ग्रहण

beemaadmin
२०७६ पुष २०, आईतवार

काठमाडौं। पोखरामा आयोजित एक कार्यक्रममा बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका भुवन दाहालको नेतृत्वमा गत महिना सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो । ज्ञानेन्द्र ढुङ्गाना नेतृत्वको समितिको पदावधि महिना दिन बाँकी रहेकाले निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको थिएन ।

संघको उपाध्यक्षमा नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् भने सदस्यहरुमा सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।

सम्बन्धित समाचार