काठमाडौं । मौद्रिक नीतिसँगै बैंकास्योरेन्स बन्द भयो । राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि बैंकास्योरेन्स सेवा बन्द हुन पुगेको हो । बैंकास्योरेन्स बन्दहुँदा बीमा क्षेत्र फेरि साँघुरिन पुगेको विज्ञहरुले बताइरहेका छन् । बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईले बैंकास्योरेन्स सेवा बन्द गर्न नहुने अडान लिएका छन् । अध्यक्ष चापागचाईले राष्ट्रबैंकले क्षेत्राधिकार नाघेर बन्द गराएको असन्तुष्टि पनि पोखेका छन् ।
राजधानीमा आयोजिटत बीमा सेवाको विस्तारबारेको अर्न्तकृया कार्यक्रममा चापागाईंले भने, हामीले बैंकास्योरेन्सको पुरै ढोका बन्द गर्न हुँदैन । यसलाई नियमनको दायरा भित्र ल्याउनु पर्छ । इन्स्योरेन्स कम्पनीहरुलाई हामीले गर्नुपर्ने नियमन हामी गर्छौ, बैंकहरुलाई गर्नुपर्ने नियमन राष्ट्र बैंकले गर्नुपर्छ । बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरुलाई बीमा टार्गेट दिएका कारण राष्ट्र बैंकले यो व्यवस्था मौद्रिक नीति मार्फत बन्द गराएको हो । बैंकास्योरेन्स सेवा खुलाउने बारे गर्भनरसँग आफूले कुरा कानी गरिरहेको अध्यक्ष चापागाईले बताए ।
बैंकको शाखापिच्छे इन्सोरेन्सको लक्ष्य दिएपछि बैंकका कर्मचारीहरु इन्स्योरेन्सको लक्ष्य पुर्याउने तर्फ केन्द्रित भएको आरोप लगाउँदै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फन् यस कार्यक्रमलाई बन्द गराएको थियो । अध्यक्ष चापागाई भने बैंकलाई केन्द्रीय तहमा नै इन्स्योरेन्स विभाग जस्तो व्यवस्था गर्ने, एउटा बैंकसँग एउटै मात्र बीमा कम्पनीले सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन् ।