काठमाडौं । बैंक अफ काठमाडौंको २५औं वार्षिक साधारणले १७ प्रतिशत लाभांश पारित गरेको छ भने बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बिओके लगानिकर्ता बचत खाता समेत र्सावजानिक गरेको छ ।
असोज ३० गते सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ । बैंकको खुदमुनाफा गत वर्षको तुलनामा करिव ४३.६१ प्रतिशतले वृद्घि भई रु. १ अर्ब ८९ करोड पुगेको बताइएको छ ।
साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पनि पारित गरेको छ । आ.ब. २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्व ३२ करोड तथा कुल कर्जा ७६ अर्व ३६ करोड रहेको छ ।