free website hit counter

बैंक अफ काठमाण्डूद्वारा सात लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं । सुपर तलब खातामा दिइएको सुविधाअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेडद्वारा बिओकेले सात लाख रकम दाबी भुक्तानी गरेको छ । सो खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल इकरात इन्जिनियरिङ कम्पनीले कर्मचारीहरुको तलब खाता बैंकको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आइरहेको छ । साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो । उक्त इन्जिनियरिङ कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी निधन भएको थियो ।
निधनपश्चात् स्व. सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी सात लाख रकम हस्तान्तरण गरे ।

सम्बन्धित समाचार