काठमाडौ । लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् । निश्चित स्थानका शाखामार्फत नगद कारोबार प्रदान भइरहेको छ । लक डाउनका बेला काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा समेत पाउने भएका छन् । ती शाखामा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन बैंकहरुलाई सुझाएको बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनले सबै बंैकहरुलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिएको उनले बताए ।
विशेष सुविधा अन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिने लगायतको व्यवस्था गरिने दाहालले बताए ।
सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटीएम, मोबाइल बैंकिङ, इन्टनेट बैकिङलाई प्राथमिकता दिन बैंकहरुले ग्राहकलाई भनिरहेका छन् । नेपाल राष्ट बैंकले एटीएम मार्फत नगद प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।
सीमित बैंकिङ सेवा मात्र खुल्ने भएपछि नगद झिक्नेको चाप हुने अनुमान भएपनि अन्य दिनको जस्तै अर्थात त्यो भन्दा पनि कम भएको सानिमा बैंकका सिइओ समेत रहेका दाहालले बताए ।