free website hit counter

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा फेरि पौड्याल

beemaadmin
२०८१ पुष २०, शनिबार

काठमाडौं । उपेन्द्र पौड्याल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सिबिफिनको शुक्रबार बसेको पाँचौँ वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । परिसंघको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली तथा महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । सचिव पदमा भने विकास बैंकबाट महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलले उम्मेदवारी गरेकाले यसमा टुंगो लाग्न बाँकी रहेको सिविफिनले जानकारी दिएको छ । यद्यपि कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्। यस्तै सदस्यहरुमा राजाराम खड्का (कुमारी बैंक), डा. बाल गोपाल वैद्य (एभरेष्ट बैंक), लिला प्रकाश सिटौला प्रभु बैंक, मनोज कुमार गोयल एनएमबी बैंक, डा चन्द्र बहादुर अधिकारी नेपाल बैंक, राधेश पन्त ग्लोबल बैंक, रमण नेपाल लक्ष्मी सनराइज बैंक, सुदिप आचार्य कामना सेवा विकास बैंक, चिन्तामणि भट्टराई लुम्बिनी विकास बैंक र लक्ष्मी प्रसाद मर्हजन प्रोग्रेसिभ फाइनान्स सर्वसम्मत चयन भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार