free website hit counter

बैदेशिक रोजगार बीमालेखबाट ११ महिनामा ३ अर्ब बीमा शुल्क

beemaadmin
२०८० असार १२, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लागेको छ । गएको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले रोजगार बीमालेखबाट करिब ३ अर्ब बढीको बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै सन नेपाल लाइफपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै ४१ करोड ७२ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ लाख ९३ हजार ९३४ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख बिक्री गरेर २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले १५ लाख ८३ हजार ७४६ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गरेको सन नेपाल लाइफले एक अर्ब २ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७ लाख ३६ हजार ७५२ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको छ । यस्तै आइएमई लाइफले ३९ करोड ९७ लाख रूपैयाँ, सूर्यज्योति लाइफले ३७ करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २३ करोड ८७ लाख रुपैयाँ, सिटिजन लाइफ १८ करोड ४९ लाख रूपैयाँ, रिलायबल नेपाल लाइफले १५ करोड ७८ लाख रूपैयाँ, नेशनल लाइफले १३ करोड २९ लाख रूपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । यसैगरी प्रभु लाइफ इस्योरेन्सले २ करोड २७ लाख रूपैयाँ, एशियन लाइफले १ करोड ३७ लाख रूपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी बीमाशुल्क आर्जन गरेका छन् । जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ६० हजार ४२६ वटा बीमालेख बिक्री गरी २५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ ।

सम्बन्धित समाचार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

नयाँ सरकार निर्माणको गृहकार्य प्रारम्भ

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार