free website hit counter

बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारण सभा

beemaadmin
२०८० पुष २, सोमबार

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा डाकेका छन्। यी दुबै कम्पनीले सोल्टी होटल, ताहाचल, काठमाडौँमा साधारण सभा बोलाएका हुन्। बोटलर्स नेपाल (तराई) ंको सैतिसौँ वार्षिक साधारण सभा दिउँसो १२ बजे शुरु हुनेछ भने बोटलर्स नेपालको दिउँसो ४ बजे शुरु हुनेछ। बोटलर्स नेपाल (तराई) को साधारण सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने बोटलर्स नेपालले लाभांशको कुनै प्रस्ताव सभामा पेश गरेको छैन। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु यी कम्पनीहरुका सभाले पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार