free website hit counter

ब्याग सुरक्षाकर्मीलाई बोकाएको समाचारप्रति सविना काफ्लेको आपत्ति

beemaadmin
२०८३ असार ११, बिहीबार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफूले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै त्यसलाई तथ्यहीन र भ्रामक दाबी गरेकी छन्।

Advertisement
Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको एक तस्वीरलाई आधार बनाएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गलत व्याख्या गरिएको बताएकी हुन्।

Advertisement
TEST

उनले तस्वीरमा सुरक्षाकर्मीले बोकेको ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीको निजी ब्याग रहेको स्पष्ट पार्दै वास्तविकता नबुझी समाचार प्रकाशन गरिएको गुनासो गरिन्।

काफ्लेले तथ्य पुष्टि नगरी अड्कलका आधारमा समाचार बनाउँदा व्यक्तिको चरित्र र प्रतिष्ठामा नकारात्मक असर पर्ने उल्लेख गर्दै यसप्रकारको गतिविधिले पत्रकारिताको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने बताइन्।

उनले विगतदेखि नै केही सञ्चारमाध्यमले आफूलाई विभिन्न व्यक्तिसँग तुलना गर्दै टिप्पणी र समाचार प्रकाशित गर्ने गरेको आरोप लगाउँदै पछिल्लो घटनाले आफू सार्वजनिक रूपमा प्रतिक्रिया दिन बाध्य भएको उल्लेख गरेकी छन्।

“राजनीतिक परिवेश परिवर्तन भइरहेका बेला सार्वजनिक व्यक्तित्व तथा तिनका परिवारप्रति नागरिकको चासो स्वाभाविक हो। तर गलत सूचना र अनुमानका आधारमा मानहानी गर्ने कार्य स्वीकार्य हुन सक्दैन,” काफ्लेले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले यस्ता विषयलाई कानुनी प्रक्रियामार्फत पनि अघि बढाउन सकिने भए पनि हालका लागि आम नागरिकका रूपमा आफ्नो धारणा राख्न मात्र खोजेको बताएकी छन्।

साथै, सञ्चारमाध्यमले समाज निर्माण र राजनीतिक विमर्शमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले समाचार प्रकाशनअघि तथ्यको पुष्टि गर्न र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आवश्यक रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार